राजनीतिसमाचार

बाँके बौद्ध धर्म संघले २५७०औँ बुद्ध जयन्ती मनायो

शान्तिका अग्रदूतका रूपमा विश्वभर परिचित सिद्धार्थ गौतम बुद्धको २५७०औँ जयन्तीका अवसरमा बाँके बौद्ध धर्म संघ, नेपालगन्जद्वारा भव्य कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि माया पुन मगरले बुद्धका उपदेशले मानव जीवनमा शान्ति, सहिष्णुता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै समाजलाई हिंसा, द्वेष र विभेदबाट मुक्त बनाउन बुद्धका मार्गदर्शनलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताउनुभयो। उहाँले बुद्ध जयन्ती केवल धार्मिक पर्व मात्र नभई मानवता र विश्वशान्तिको सन्देश फैलाउने महत्वपूर्ण अवसर भएको धारणा राख्नुभयो।

सभाध्यक्ष नुरी सेर्पाले बुद्धका शिक्षा आजको समयमा अझ सान्दर्भिक रहेको बताउँदै आपसी सम्मान, करुणा र मैत्री भावको विकासमार्फत समाजलाई समृद्ध र सभ्य बनाउन सकिने धारणा व्यक्त गर्नुभयो। बुद्ध सबेैका हुन तर सोच्याजति र्यालीमा सहभागीता नभएको बताए । यस्ता कार्यक्रमले बौद्ध दर्शनको संरक्षण र प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ बाँकेका अध्यक्ष महेन्द्र चौधरी, भुपेन्द्र पुन मगर, लाक्पा सेर्पा, माईली तामाङ, उमा थापा मगर, राजन राना मगर, दिनेश थापा मगर, भुमण्डल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन बाँके बौद्ध धर्म संघका महासचिव जनक पहराई मगरले गर्नुभएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button