समाचार

बाँकेका ६ वटै बोैंद्ध गुम्बामा पूजा आराधना एवं प्रवचन गरी बुद्ध जयन्ती मनाए

नेपालगन्ज : शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औं बुद्ध जयन्ती आज बाँकेका ६ वटा गुम्बामा बुद्धको पूजा, आराधना एवं प्रवचन गरी बुद्ध जयन्ती मनाएका छन ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।
बाँकेको न्युरोड गुम्बामा रहेको बोैंद्ध गुम्बा , हर्षकिती महाविहार घरबारीटोल नेपालगन्ज, श्री प्रज्ञा बौद्ध बिहार (गुम्बा)खजुरा -२, प्रकृति पुजक नमोबुद्ध बिहार राझा, कोहलपुर बोैंद्ध गुम्बा दस बिगाहा र पितमारी बोैंद्ध गुम्बा बैजनाथमा बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइएको छ ।
अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, यस्ता अनेकौं कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५७०औँ बुद्ध जयन्ती शान्तिको कामना गर्दै आज विश्वभर मनाएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button