अर्थ/वाणिज्यराजनीतिसमाचार

हाम्रा सांस्कृतिक र धार्मिक भुमि माथी प्रहार प्रहार भएकाछन : पाल्पा-२ का उम्मेदवार राम अस्लामी मगर

हाम्रा सांस्कृतिक र धार्मिक भुमि माथी प्रहार प्रहार भएकाछन : पाल्पा-२ का उम्मेदवार राम अस्लामी मगर

पाल्पा तानसेन नगरपालिका–७ प्रभास स्थित महाशिवरात्रिको अवसरमा कृषि मेला तथा सांस्कृतिक कार्यक्रमलाई पाल्पा क्षेत्र नम्बर -२ का उम्मेदवार राम बहादुर अस्लामी मगरले मेला अवलोकन गर्नु भएको थियो।

स्थानीय मतदातालाई भेट्दै मुलुककै बिशिस्टता बोकेको यस शिवरात्री कृषि मेलाले हाम्रा धर्म संस्कृति तथा मेला पर्व र संस्कृतिको संरक्षण र स्थानीय कृषि उत्पादनको बजारिकरण गर्ने उद्देश्यले शिवरात्रि मेला हेर्ने पहिले निकै ठूलो घुईचो लाग्थ्यो ।

समय परिवर्तन संगै हिजोको जस्तो रौनक अचेल छैन। पहिलो कुरो त हिजो जुन खालको हराभरा सहित रमणीय वातावरण थियो अचेल त्यस्तो छैन। प्रभास क्षेत्रका झण्डै आधा भन्दा धेरै भुमी (जमिन) घर निर्माणले ढाकेको छ। यहाँनेर ठुला ठुला आपका रुखहरु ढालिए । ताल तलैया पनि त्यस्तै अव्यवस्थित छ। मुहान र पनीको स्रोत सुक्दै गएकाछन।


एकातिर मानव वस्तिले ढाकेको छ भने अर्को तिर बढ्ठुलो अव्यवस्थित बड्दो चापले थोपरिएको फोहोरले हिजोको उर्वर भुमी आज धुलाम्य भएको छ। हिजो जुनखालको वातावरण थियो अहिले त्यस्त छैन। हाम्रा संस्कार संस्कृति र परम्परा जोगाउन कठिन बन्दै गएको छ। यसरी नै भुमी अतिक्रमीत गर्दै जाने हो भने भोलि यो शिव रात्री मेला घरको कुनै छतमा मनाउनु पर्ने दिन नआउला भन्न सकिन्न भन्दै चासो चिन्ता व्यक्त गरे।

राम अस्लामी मगर जिएन जि बिद्रोह र आन्दोलन पछि सार्वभौम नागरिक पार्टी गठन गरि अहिले पाल्ला-२ बाट चुनाव चिन्ह “चक्र” लिएर चुनावी घरदैलो अभियानमा छन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button