निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय परस्पुरमा आज बीमा क्षतिपूर्ति तथा राहत रकम वितरण गरीएको छ ।
संस्थाको परस्पुर शाखाअन्तर्गत खजुरा गाउँ पालिका वडा न.२ के गाउँमा महिला समूहकी सदस्य कमला क्षेत्रीको मृत्यु भएकोले उहाँका श्रीमान ओम बहादुर क्षेत्रीलाई बीमा क्षतिपूर्ति बापत रू. ५ लाख १६ हजार साठी रुपैयाँको चेक हस्तान्तरण गरिएको थियोे भने त्यस्तै खजुरा गाउँ पालिका वडा न.२ के गाउँकै नर बहादुरको मृत्यु भएकोले उहाँकि श्रीमती हरिमायालाई बिमाक्षतिपूर्ति बापत रू. ६ लाख ८० हजार रुपैयाँ चेक हस्तान्तरण गरिएको थियोे ।
एक कार्यक्रमकाबीच दुबै रकमको चेक खजुरा गाउँ पालिका वडा नम्बर २ का अध्यक्ष धनिराम वलिले हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रमको सभापति उमा गिरिले गर्नु भएको थियोे भने प्रमुख अतिथि खजुरा गाउँ पालिका वडा नम्बर २ का अध्यक्ष धनिराम वलि, विशिष्ट अतिथि निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड क्षेत्रीय प्रमुख पुर्ण बहादुर खण्डका, अतिथि निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड परस्पुर शाखा प्रमुख शान्ति सापकोटा, उदयपुर प्रमुख उमनाथ तिमिल्सेेनाको उपस्थितिमा बिमा रकम हस्तान्तरण गरिएको थियोे ।
त्यस्तै निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बारेमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड परस्पुर शाखा प्रमुख शान्ति सापकोटाले संस्थाको संक्षिप्त परिचय दिँदै संस्थाले उपलब्ध गराउने सेवा सुविधा बारे जानकारी गराउनु भएको थियोे भने, मृतक सदस्य परिवारलाई शोक मन्तव्य विशिष्ट अतिथि, अतिथिले दिनु भएको थियोे ।
प्रमुख अतिथि खजुरा गाउँ पालिका वडा नम्बर २ का अध्यक्ष धनिराम वलिले वित्तीय संस्था र स्थानिय बिच सम्बन्ध राम्रो मजबुत हुनुपर्दछ र आफ्नो ऋणीहरुलाई बिमा उपलब्ध साथसाथै ऋण छ भने मिनाहा र तिरिसकेको छ भने फिर्ता गर्ने जुन सेवा सुविधा रहेको छ त्यो एकदमै राम्रो रहेको बताएका थिए ।
खजुरा गाउँ पालिका वडा न.२ के गाउँमा भएको बिमा तथा राहत वितरणको कार्यक्रम संचालन लोकेश अधिकारीले गर्नु भएको थियोे ।




