
कोहलपुर ।
राजावादी नागरिक जनता कोहलपुरले राजसंस्थाकाे पक्षमा कोहलपुर शुक्रबार बृहत मोटरसाइकल र्याली सम्पन्न गरेको छ ।
राजावादी नागरिक जनताको आयोजनामा भएको मोटरसाइकल र्यालीका संयोजक अर्जुन शाहले लिएका थिए ।राजसंस्था पुनस्र्थापनाका लागि कोहलपुर चोैंराहाबाट सुरु भएको मोटरसाइकल र्यालीमा सनातन सापेक्ष हिन्दू अधिराज्य पुनःस्थापना, प्रदेश खारेजी, भ्रष्टाचार अन्त्य , राजा आउ देश बचाउ , हिन्दुराष्ट्र कायम गर जस्ता नाराका साथ कोहलपुर परिक्रमा गरेका थिए ।
सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी तथा सङ्घीयता विरोधी आम सर्वसाधारण, राजनीतिक पार्टी र समूहहरूको सहभागीतामा भएको मोटरसाइकल र्याली अब निरन्तर रुपमा वडा देखि पालिका , जिल्ला र देशभर आन्दोलन गर्ने मोटरसाइकल र्यालीका संयोजक अर्जुन शाहले बताए ।
गणतन्त्र वादीको हबगद्दी देखिएपछि राजसंस्था र हिन्दुराज्य अनिवार्य चाहिएको र पछिल्लो समय देशव्यापी रुपमा भइरहेको जनआन्दोलनले हिन्दुराज्य र राजसंस्थाको माग बढ्दै गइरहेको बेला अब सम्पुर्ण राष्ट्रवादी जनताहरु एकजुट भएर अगाडि बढ्ने समय आएको बक्ता मंगल जि एम, मनोज सुनार, हिक्मत् ढकाल , अर्जुन जंग शाह लगायतले आफ्नो भनाइ राखेका थिए भने कार्यक्रम संचालन युवराज शाहीले गरेका थिए ।




