• खेलकुद

    लुम्बिनी कप महिला फुटवल सचिवालयमा मल्ल, प्रचारप्रसारमा गौतम

    आगामी फागुन १९ गतेदेखि नेपालगन्ज रंगशालामा आयोजना हुने लुम्बिनी कप महिला फुटवलको तयारी तीव्र पारिएको आयोजक अन्तरालले जनाएको छ।प्रतियोगितालाई व्यवस्थित…

    Read More »
  • समाचार

    नरैनापुरमा प्रहरीले लुकाएको १४ वर्षिय बालिका सामूहिक बलात्कार घटना बाहिरीयो : बाँके

    नरैनापुर, ७ पुस –कुनै घटना घटेपछि न्यायका लागि प्रारम्भिक रुपमा प्रहरीनै पहिलो माध्यम भएपनि नरैनापुरको एउटा सामूहिक बलात्कार घटना प्रहरीले…

    Read More »
  • समाचार

    निन्जा इन्फोसिस प्रदेश अवार्डबाट पुरस्कृत

    पुस ५ गते नेपालगन्ज । प्रदेश स्टार्टअप आईसीटी रिकोनाइज २०२४ लुम्बिनी प्रदेश अवार्डबाट नेपालगन्जको निन्जा इन्फोसिस पुरस्कृत भएको छ ।…

    Read More »
  • अर्थ/वाणिज्य

    दोस्रो दिन पनि ब्यवसाय दर्ता, नविकरण र अनुगमनमा निरन्तरता दिदै रावत

    पुस २ गते नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाले पालिकामा रहेका ब्यवसाय दर्ता, नविकरण तथा अनुगमन अन्तरगत दोस्रो दिन पनि आफ्नो…

    Read More »
  • समाचार

    ब्यवसाय दर्ता, नविकरण तथा अनुगमन अभियानमा खजुरा गाउँपालिका

    पुस १ गते सोमबार नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाले पालिकामा रहेका ब्यवसाय दर्ता, नविकरण तथा अनुगमन अभियान सुरु गरेको छ…

    Read More »
  • समाचार

    अनलाइन पत्रकार संघ बाँकेले गर्यो निर्वाचित कार्यसमितिलाई सम्मान

    अनलाइन पत्रकार संघ, बाँकेले मङ्सिर २८ गते भएको पत्रकार महासंघ बाँकेको अधिवेशनबाट निर्वाचित पदाधिकारीसहित कार्यसमिति सदस्यलाई संघले सोमवार एक कार्यक्रमका…

    Read More »
  • अर्थ/वाणिज्य

    नेपालगन्ज न्युरोडमा `होटल शुभ´को उद्घाटन सँगै विशेष छुट %

    मंसिर ३० गते नेपालगन्ज । आमा दुर्गा देवी पोख्रेल र नेपालगन्ज उद्योग वाणिज्य संघ नेपालगन्जका महासचिव भिम बहादुर राना भाटले…

    Read More »
  • अर्थ/वाणिज्य

    नेपालगन्जमा असफल बनाएर अन्तै मेला लगाउदै : आदिवासी

    मंसिर १९ गते बुधबार (atm)नेपाल आदिवासी जनजाति महासंघ बाँकेको कोहलपुर नगर समन्वय समिति कोहलपुरले आयोजना गर्न लागेको बृहत `प्रथम कृषि…

    Read More »
  • खेलकुद

    बर्षोैंंपछि नेपालगन्ज रंगशालामा महिला फुटबल हुने

    नेपालगन्जमा आगामी फागुन अन्तिम साता नेपालगन्जमा लुम्बिनी कप महिला फुटवल हुने भएको छ । बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले…

    Read More »
  • राजनीति

    प्रदेश युवा सम्मेलनबाट १० युवा ‘आईकन अफ प्रदेश’ सम्मानित

    नेपालको पर्यटकीय राजधानी पोखरामा ‘गण्डकी प्रदेश युवा सम्मेलन’ शुरु भएको छ ।  नेपाल युवा परिषद्को आयोजनामा पोखराको रोयल महलमा शुरु भएको सम्मेलनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन्  कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले युवाहरु विदेशिने ग्लोबल टेन भएको भएको भन्दै युवा विदेशिए पनि देशप्रतिको दायित्व कहिल्यै बिर्सन नहुने बताए ।  विदेश गएका युवाले देश र राष्टको भविष्यप्रति चिन्ता गर्नुपर्ने र स्वदेशप्रति गाली थोपर्ने नहुने सुझाव दिए । कार्यक्रममा सामाजिक बिकास मन्त्रालयका सचिव तोयनाथ लम्साल, योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष डा. कृष्ण देवकोटा, प्रेस रजिष्टार बिमला भण्डारी लगायतले युवाका बिषयमा मन्तब्य राखेका थिए ।  आजबाट शुरु भएको सम्मेलन भोलीसम्म चल्नेछ । कार्यक्रममा आयोगका उपाध्यक्ष देवकोटा, पोखरा महानगरका प्रमुख धनराज आचार्य, कृषी उद्यमी बोधराज अर्याल लगायतले विभिन्न बिषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् । प्रदेशभरबाट सहभागी करिब २०० जना युवाहरुबीच वृहत छलफलपश्चात पोखरा घोषणापत्र समेत जारी हुने नेपाल युवा परिषद्का अध्यक्ष सरोज बाँनियाले जानकारी दिए । ‘उद्यमी युवा समृद्ध देशः दिगो विकास लक्ष्यमा समान परिवेश भन्ने नाराका साथ ५ प्रदेश (बाग्मती, लुम्बिनी, कर्णाली, कोशी र सुदुरपश्चिम) मा प्रदेश युवा सम्मेलन सम्पन्न भईसकेको छ । तीनै तह अहिले आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम निर्माणको चरणमा रहेको बेला नेपाल युवा परिषदले प्रदेश युवा सम्मेलन गरी हरेक प्रदेशको प्रादेशिक कार्ययोजना निर्माण गरी प्रदेश सरकार, प्रदेश निति तथा योजना आयोग र सामाजिक विकास मन्त्रलायलाई बुझाउने लक्ष्यका साथ यो सम्मेलन आयोजना गरेको कुरा बानियाँले बताए।  कार्यक्रमको सहयोगी संस्था एनसेल फाउण्डेसन रहेको छ भने पोखरा महानगरपालिकाले सहयोग गरेको छ । यस्तै पोखरा नगर युवा परिषद्, सामाजिक बिकास युवा तथा खेलकुद मन्त्रालय युवा क्लव सञ्जाल गण्डकी प्रदेश, पोखरा रिसर्च सेन्टर, खल्ती लगायतका संस्थाले पनि सहयोग गरेका छन् । १० युवालाई ‘आईकन अफ प्रदेश’ परिषद्ले अन्य प्रदेशमा जस्तै यस प्रदेशमा बिभिन्न क्षेत्रहरुमा क्रियाशिल भई सामाजिक तथा आर्थिक रुपान्तरण लगायत अन्य बिधाहरुमा काम गर्ने १० जनालाई  ‘आईकन अफ गण्डकी प्रदेश’ वितरण गरिएको छ । यसरी सम्मानित हुनेमा महिला तथा वालबालिका विद्यामा अमोर सेवा गृह स्याङ्जाकी अध्यक्ष कमला पराजुली, पत्रकारितामा बिजय नेपाल, समाजसेवामा प्रिन्सा रेग्मी, युवामा रश्मी गौतम, पर्यटनमा बलराम तिमिल्सिना, शिक्षामा मेनका मोनिका थापा, स्वास्थ्यमा सरस्वती पुरी, उद्यमशीलतामा बिमल शर्मा, सुचना तथा प्रविधिमा रबिन पौडेल र कृषि तथा जलवायुमा सन्तोष पौडेल रहेका छन् । कार्यक्रममा गण्डकी प्रदेश रजिष्टार भण्डारीलाई नेशनल सोसल चेञ्ज मेकर अवार्डबाट सम्मानित गरिएको थियो ।  ‘आईकन अफ गण्डकी प्रदेश’ का लागि परिषद्ले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी तीन सदस्यीय छनौट समिति समेत चयन गरेको छ । जसमा गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालयका प्रतिनिधिसहित सामाजिक अभियान्ता अपार पौडेल र पत्रकार एवं अनुसन्धानकर्ता गोविन्द मरासिनी रहेका थिए । यो समितिले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी प्रदेशभित्रका १० जना छनौट गरी परिषद् समक्ष पेश गरेको थियो । 

    Read More »
Back to top button