राजनीतिसमाचार

नेपाल मगर संघ खजुरा गाउँपालिकाको भवन उद्घाटन सम्पन्न

मगर इतिहास, भाषा, संस्कृति संरक्षण तथा संवर्द्धन, मगरात पहिचान र स्वायत्त शासनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भन्ने मूल नाराका साथ नेपाल मगर संघ खजुरा गाउँपालिका, बाँकेको भवन उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

नेपाल मगर संघ खजुरा गाउँपालिकाका अध्यक्ष भिम राना मगरको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा खजुरा गाउँपालिका वडा नं. १ का अध्यक्ष मनवीर क्षेत्री प्रमुख अतिथि रहनु भएको थियो भने नेपाल आदिवासी जनजाति महासंघ बाँकेका अध्यक्ष डम्बर थापा मगर वरिष्ठ अतिथि रहनु भएको थियो।

कार्यक्रममा नेपाल आदिवासीजनजाति महासंघ बाँकेका सचिव तथा नेपाल मगर संघ नेपालगन्ज उपमहानगरपालिका निवर्तमान अध्यक्ष राजन राना मगर, नेपाल मगर संघ बाँकेका अध्यक्ष भुपेन्द्र पुन मगर, नेपाल मगर संघ नेपालगन्ज उपमहानगरपालिका अध्यक्ष दिनेश थापा मगर, कोहलपुर नगर अध्यक्ष कृष्ण पुन मगर, नेपाल आदिवासी जनजाति युवा महासंघ अध्यक्ष जनक पहराई मगर, नेपालगन्ज मगर संघ सचिव मानबहादुर थापा मगर, लालबहादुर थापा मगर, नेपाल मगर संघ खजुरा गाउँपालिकाका सल्लाहकारहरू, राष्ट्रिय कलाकार तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

भवन उद्घाटन समारोहलाई सभ्य र भव्य बनाउन खजुरा धौलागिरी बाजा समूह र नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० राँझाको नौमती बाजा समूहले पञ्चेबाजा, सांस्कृतिक झाँकी र र्‍यालीसहित कार्यक्रम उद्घाटन गरिएको थियोे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मनवीर क्षेत्रीले मगर समुदायले आफ्नो भाषा, संस्कृतिको संरक्षण गर्दै सामाजिक एकता र विकासमा महत्वपूर्ण योगदान दिँदै आएको उल्लेख गर्दै, “समुदायको पहिचान जोगाउने यस्ता संरचनाहरू स्थानीय सरकारको लागि पनि गौरवको विषय रहेको र आफ्नो वडामा पनि थुप्रै मगर पहिचानको चिनारी रहेको बताए ।

त्यसैगरी वरिष्ठ अतिथि डम्बर थापा मगरले मगर समुदायको ऐतिहासिक योगदान स्मरण गर्दै, “आदिवासी जनजातिको हक, अधिकार र पहिचान सुनिश्चित गर्न संगठित प्रयास आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रमका संयोजक तथा अध्यक्ष भिम राना मगरले भवन निर्माण सफलतापूर्वक सम्पन्न हुनु सबैको सामूहिक प्रयासको परिणाम भएको बताउँदै, “यो भवन मगर समुदायको संगठनात्मक मजबुती, सांस्कृतिक संरक्षण र भावी पुस्ताका लागि साझा थलोको रूपमा उपयोग हुनेछ,” भनी विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रम सांस्कृतिक प्रस्तुतिहरू, शुभकामना आदान–प्रदान तथा धन्यवाद ज्ञापनसँगै सम्पन्न भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button