राजनीतिसमाचार

बाँके क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवार सौभाग्य जङ्ग शाहको चुनावी घोषणापत्र सार्वजनिक

नेपालगन्ज ।
बाँके क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवार सौभाग्य जङ्ग शाहले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। ‘कप प्लेट’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका शाहले शिक्षा, शान्ति, सद्भाव, सुरक्षा र सुशासनलाई मुख्य प्राथमिकतामा राख्दै जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।

घोषणापत्रमा उनले दल होइन, जनताको उम्मेदवार बनेर संसदमा जनआवाज बुलन्द गर्ने उल्लेख गरेका छन्। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै पारदर्शी शासन, डिजिटल सेवा प्रवाह र सार्वजनिक खर्चको खुला विवरण लागू गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

यस्तै, युवालाई रोजगारी सिर्जना गर्ने उद्देश्यले कृषि, पर्यटन, साना उद्योग र स्टार्टअप प्रवर्द्धनमा जोड दिइने उनले बताएका छन्। वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सुरक्षित, सम्मानजनक र व्यवस्थित बनाउने नीति पनि घोषणापत्रमा समेटिएको छ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा सबैको समान पहुँच सुनिश्चित गर्न गुणस्तरीय सार्वजनिक शिक्षा, निःशुल्क आधारभूत स्वास्थ्य सेवा तथा शिक्षालाई नागरिकको मौलिक अधिकारका रूपमा स्थापित गर्ने शाहको प्रतिबद्धता रहेको छ। साथै, सडक, खानेपानी, विद्युत्, इन्टरनेटजस्ता आधारभूत पूर्वाधार विकाससँगै सन्तुलित र दिगो विकासलाई प्राथमिकता दिइने उल्लेख छ।

“सत्ताको होइन, जनताको उम्मेदवार” भन्ने नाराका साथ मैदानमा उत्रिएका शाहले बाँके क्षेत्र नं. २ का मतदातालाई परिवर्तनको पक्षमा मतदान गर्न आग्रह गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button