अर्थ/वाणिज्यराजनीतिसमाचार

रुपैयाँ अपचलनमा सहकारीका अध्यक्ष पक्राउ

दोलखाको एक युवक भक्तपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–६ स्थायी घर भएका ३४ वर्षीय अशोक केसी पक्राउ परेका छन्।

रुपन्देहीको मार्गदर्शन बहुउद्देश्यीय सहकारीका अध्यक्ष समते रहेका केसीले करिब ६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा उनलाई भक्तपुरबाट पक्राउ गरेको हो।

उनलाई पक्राउ गरी रुपन्देही लगिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता गणेश सापकोटाले जानकारी दिएका छन्।

मार्गदर्शन बहुउद्देश्यीय सहकारीले बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ अपचलन गरेको आरोप छ।

उक्त सहकारीका अध्यक्षसहितका व्यक्तिविरुद्ध २०८१ साल वैशाख २० मा पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button