समाचार

पृथ्वी जयन्तीमा पुरानै व्यवस्था फर्काउन युवाहरुको माग

नेपालगन्ज ।
पृथ्वी जयन्ती तथा एकता दिवसको अवसर पारेर बाँकेको नेपालगन्जमा पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसर पारेर निकालिएको मोटरसाइकल र्याली त्रिभुवन चोकमा कोणसभा गरेेको छ ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुक्रबार नेपालगन्जमा बागेश्वरी पार्कमा भेलाभई निकालिएको मोटरसाइकल र्याली बागेश्वरी पार्क न्युरोड , पुस्पलाल चोक, कारकादो चोक , पुन पुस्पलाल चोक , धम्बोजी चोक , बिपि चोक हुदै त्रिभुवन चोक पुगेर कोणसभा तथा जन्मजयन्ती सभामा परिणत भएको थियोे ।

नेपाल शिवसेनाको आयोजनामा भएको वृहत् मोटरसाइकल र्यालीमा सामाजिक तथा धार्मिक संघसंस्थाका व्यक्तित्व , राजनैतिक पार्टीमा रही आफुलाई नेपाली भन्न रुचाउने व्यक्तित्वहरु , देशभक्ति युवाहरुको बाक्लो उपस्थिति रहेको थियोे ।


उता कोणसभामा बोल्ने अधिकांश वक्ताहरूले अब युवा पुस्ता र नेपालीहरु जाग्ने बेला आएको छ । यस्तै अवस्था रहे बंगलादेश , सिरिया जस्तै नेपालपनि नहोला भन्न सकिदैन तेसैले अब सम्पुर्ण देशभक्ति युवाहरु एक जुट भएर पुरानै राजसत्ता फर्काउन यी भर्ष्ट्रनेताहरुलाई फाल्ने समय आएको बताएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button