समाचार

नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविरमा ४ सयभन्दा बढी लाभान्वित : गोपाल नीना फाउन्डेशन नेपाल


बाँकेको नरैनापुर गाउँपालिका–२ लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गोपाल नीना फाउन्डेशन नेपालद्वारा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविर शनिबार चैत्र १४ भव्य रूपमा सम्पन्न भएको छ।


शिविरमा विभिन्न विधाका अनुभवी चिकित्सकहरूले सेवा प्रदान गरेका थिए। फिजिसियन, स्त्री तथा प्रसूति रोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ, बालरोग विशेषज्ञ तथा छाला रोग विशेषज्ञको टोलीले स्थानीयलाई निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि वितरण गरेको आयोजकले जनाएको छ। उक्त शिविरबाट करिब ४ सयभन्दा बढी स्थानीय बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।


कार्यक्रमका अवसरमा फाउन्डेशनका प्रबन्ध निर्देशक डा. गौरव श्रेष्ठले दुर्गम तथा स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई लक्षित गर्दै यस्ता सेवा निरन्तर रूपमा सञ्चालन गरिने बताए। उनले पहुँचभन्दा टाढा रहेका समुदायसम्म स्वास्थ्य सेवा पुर्‍याउनु आफ्नो प्राथमिकता रहेको स्पष्ट पारे।
आयोजकका पब्लिक म्यानेजर दिपी गिरीका अनुसार शिविरमा स्थानीय जनसमुदायको उत्साहजनक सहभागिता देखिएको थियो। उनले विशेष गरी स्वास्थ्य सेवाबाट पछाडि परेका नागरिकलाई यस कार्यक्रमले ठूलो राहत पुगेको जानकारी दिए।


शिविर सफल बनाउन नरैनापुर गाउँपालिकाले आवश्यक सहकार्य गरेको थियो। आयोजकले आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button