राजनीतिसमाचार

नेपाल मगर संघ राप्ती सोनारीको अध्यक्षमा झुव बहादुर विष्ट मगर

नेपाल मगर संघ राप्ती सोनारीको अध्यक्षमा झुव बहादुर विष्ट मगर

नेपाल मगर संघ राप्ती सोनारी गाउँ पालिका समितिको आयोजनामा अधिवेशन सम्पन्न भएको छ।

नेपाल मगर संघ राप्ती सोनारी गाउँ पालिकाका अध्यक्ष बुद्धिराम बुढा मगरको संयोजकत्वमा भएको महाधिवेशनमा प्रमुख अतिथि नेपाल आदिवासीजनजाति महासंघ बाँके अध्यक्ष तथा नेपाल मगर संघ केन्द्रीय सदस्य डम्बर थापा मगर, विशिष्ट अतिथि नेपाल मगर संघ बाँकेका अध्यक्ष भुपेन्द्र पुनको उपस्थितिमा भएको थियो।

अधिवेशनबाट झुव बहादुर विष्ट मगरको अध्यक्ष्यतामा नयाँ कार्यसमिति चयन गरेको छ। उपाध्यक्ष, मिना बुढा मगर, सचिव दिपक कुमार थापा मगर, सह सचिव विपना थापा मगर, कोषाध्यक्ष सुनिता बुढा मगर र सदस्यहरुमा प्रेम बहादुर थापा मगर, नर बहादुर पुन मगर, खगेन्द्र पुन मगर, गंगाराम रोका मगर, टेक बहादुर पुन मगर, रुपा कर्ना मगर, एशिका घर्ती मगर, मिना मगर सहित १९ नयाँ कार्यसमिति चयन गरिएको छ। चयन भएका पदाधिकारी तथा सदस्यहरूलाई प्रमुख अतिथि नेपाल आदिवासीजनजाति महासंघ बाँके अध्यक्ष तथा नेपाल मगर संघ केन्द्रीय सदस्य डम्बर थापा मगरले सपथ ग्रहण गराउनु भएको थियोे ।

महाधिवेशनमा संगठन सुदृढीकरण, मगर समुदायका हक–अधिकार, भाषा, संस्कृति संरक्षण तथा भावी कार्ययोजनाबारे छलफल गरिएको थियोे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button