राजनीतिसमाचार

प्युठानको एक वडामा अध्यक्ष र सचिव नहुदा स्थानीय मारमा ।

प्युठानको एक वडा कार्यलय जनप्रतिनिधि बिहिन भएको छ ।
जेठ १८ गते काम बिशेशले वडा कार्य पुगेका स्थानीय जनप्रतिनिधि तथा वडा सचिव नहुदा काम नभई घर फर्केका छन ।
प्युठान ऐरावती गाउँ पालिका वडा न.४ धुवाङ्गमा रहेको वडा कार्यलय जनप्रतिनिधि बिहिन भएको छ । वडा अध्यक्ष परिवार बिमार भई बिदा लिई उपचारमा रहेको र कार्यबाहक अध्यक्षको पनि तोकिएको मिति नरहेकोले दुबै अध्यक्ष र अन्य जनप्रतिनिधि पनि वडामा उपस्थिति नरहेको भेटिएको हो ।

वडा अध्यक्ष सहित जनप्रतिनिधि नरहेको र वडा कार्यलयका कर्मचारीमा एक जना कृषि प्राविधिक र एक जना कार्यलय सहयोगी गरि दुई जना मात्र वडा कार्यलयमा भेटिएको हो ।

हामीले वडा कार्यलय जनप्रतिनिधि बिहिन भेटिदा कार्यवाहक अध्यक्ष जगत बहादुर पुन मगरलाई सम्पर्क गरि कार्यलय किन उपस्थिति नहुनुभएको भन्दा वडा अध्यक्षले दिएको कार्यबाहक अध्यक्षको मिति सकिएको र बिशेश कामले गाउँ पालिका रहेको बताए भने वडा अध्यक्ष शंकर बहादुर भण्डारीलाई सम्पर्क हुन सकेको थिएन ।

वडामा जनप्रतिनिधि नभएको सचिव नभएको अवस्थामा स्थानीय वडा निकायको सम्पूर्ण कामकाज कसरी संचालन हुन्छ भन्दा काम भएको संयम ब्यक्तिले जनप्रतिनिधि तथा वडा सचिवलाई सम्पर्क गरि काम गर्ने गरेको एक स्थानीयले बताए ।
वडामा यतिबेला राजस्व संकलन (कर) तिर्नु वाहेक अन्य कुनै काम सचिव र वडा अध्यक्ष नभएकैले रोकिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button