अर्थ/वाणिज्यसमाचार

दोस्रो दिन पनि ब्यवसाय दर्ता, नविकरण र अनुगमनमा निरन्तरता दिदै रावत

पुस २ गते नेपालगन्ज ।

बाँकेको खजुरा गाउँपालिकाले पालिकामा रहेका ब्यवसाय दर्ता, नविकरण तथा अनुगमन अन्तरगत दोस्रो दिन पनि आफ्नो अभियानलाई निरन्तरता दिएको छ ।

खजुरा गाउँपालिकाले वडा नम्बर दुईमा रहेका ब्यवसायीहरुको घरदैलोमा पुगेर ब्यवसाय दर्ता, नविकरण तथा अनुगमन अभियानलाई निरन्तरता दिएको हो।

अभियानको दोस्रो दिन खजुरा गाउँपालिका वडा नम्बर दुईका ब्यवसायीहरु संग प्रत्यक्ष भेटघाट गर्दै ब्यवसाय दर्ता र नविकरणको बारेमा जानकारी दिन र त्यसमा फाइदाहरुको बारेमा स्थानीय ब्यवसायीलाई जागरुक गराउने कामलाई निरन्तरता दिएको खजुरा गाउँपालिकाका राजस्व शाखाका प्रमुख भक्त बहादुर रावतले बताएका छन् ।

शाखा प्रमुख रावतको नेतृत्वमा सुरु भएको अभियानमा पहिलो दिन वडा नम्बर एकमा अभियान संचालन गरिएको थियो ।
https://youtu.be/Lcwtkh3PIuA?si=yx2XQeuUaQAAPkl8

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button