
नेपालगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंह मेची–महाकाली अभियानको पूर्वतयारीका क्रममा बाँकेमा नेता तथा कार्यकर्तासँग रास्वपा बाँकेको पार्टी कार्यलयमा भेटघाट तथा अन्तरक्रियामा सहभागी हुनुभएको छ।
अभियानका क्रममा बाँके आइपुग्नुभएका सिंहले जिल्लाका पार्टी नेता तथा कार्यकर्तासँग समसामयिक राजनीतिक विषय, संगठनको अवस्था तथा आगामी अभियानका विषयमा छलफल गर्नुभएको हो।
भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बाँके क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुरेशकुमार चौधरी लगायत जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।
रास्वपाले जनतासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्या, गुनासा तथा अपेक्षा बुझ्ने उद्देश्यले मेची–महाकाली अभियानलाई अघि बढाइरहेको जनाएको छ। अभियानअन्तर्गत विभिन्न जिल्लामा पुगेर नागरिक तथा पार्टीका नेता–कार्यकर्तासँग प्रत्यक्ष भेटघाट र अन्तरक्रिया गरिने बताइएको छ। बाँकेमा भएको भेटघाटलाई पनि आगामी अभियानलाई प्रभावकारी बनाउने तथा संगठनलाई थप सक्रिय बनाउने तयारीका रूपमा हेरिएको छ।





