
नेपालगञ्ज, २८ असार ।
लामो समयदेखि वाथ, जोर्नी दुखाइ र युरिक एसिडको समस्याले सताएर काठमाडौं वा विदेशका महँगा अस्पताल धाउनुपर्ने बाध्यतामा रहेका पश्चिम नेपालका बिरामीहरूका लागि सुखद खबर छ । नेपालकै प्रख्यात मणिपाल शिक्षण अस्पतालका “वाथ तथा प्रतिरक्षा रोग” विभागका पूर्व विभागीय प्रमुख एवं वरिष्ठ विशेषज्ञ डाक्टर राम कृष्ण गिरिले नेपालगञ्जमै आएर विशेष परामर्श सेवा प्रदान गर्नुहुने भएको छ ।
उहाँ आगामी श्रावण ७ गते, २०८३ (बिहीबार) का दिन नेपालगञ्ज–१०, गणेशमान चोक (राजस्व कार्यालयको छेउ) मा अवस्थित अन्नपूर्णा ग्यास्ट्रो केयर अस्पताल (डा. गोपाल श्रेष्ठको क्लिनिक) मा आउन लाग्नुभएको हो । पश्चिम नेपालका वाथ र ओटोइम्युन (प्रतिरक्षा प्रणाली) का जटिल बिरामीहरूलाई स्थानीयस्तरमै नेपालकै उच्चस्तरीय विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले यो विशेष क्लिनिक सञ्चालन गर्न लागिएको अस्पताल प्रशासनले जनाएको छ ।
वाथ रोग केवल जोर्नी दुखाइ मात्र होइन: समयमै उपचार नगरे अपाङ्गताको जोखिम
चिकित्सकहरूका अनुसार वाथ रोग केवल बुढेशकालमा लाग्ने वा साधारण जोर्नी दुखाइ मात्र होइन । यो शरीरको रोग प्रतिरोधात्मक क्षमता (Immunity) ले आफ्नै शरीरका अंगहरूलाई असर गरेर लाग्ने जटिल रोग हो । समयमै सही पहिचान र विशेषज्ञबाट उपचार नभएमा यसले जोर्नीहरू सधैंका लागि बाङ्गो बनाउने, ओछ्यान पर्नुपर्ने र शरीरका भित्री अंगहरू (जस्तै कलेजो, मिर्गौला, र फोक्सो) समेत बिगार्न सक्छ ।
त्यसैले, आफू वा आफ्ना आफन्तमा तल उल्लेखित कुनै पनि लक्षण देखिएका छन् भने यो अवसरको फाइदा उठाई समयमै वरिष्ठ विशेषज्ञ डाक्टर गिरिसँग परामर्श लिन अस्पतालले आग्रह गरेको छ ।
यी लक्षण देखिएमा तुरुन्त परामर्श लिनुहोस्:
जोर्नीका समस्या: हात-खुट्टाका जोर्नीहरू सुन्निने, अत्यधिक दुख्ने र विशेष गरी बिहान उठ्ने बेला जोर्नीहरू कक्रक्क परेर करकर खाने ।
अंगहरू बाङ्गिने: समय बित्दै जाँदा हातगोडाका जोर्नी र औंलाहरू बिस्तारै बाङ्गिदै जाने ।
रङ परिवर्तन हुने (Raynaud’s): चिसो पानी वा चिसो मौसममा औंलाको रङ फेरिएर सेतो, निलो वा रातो हुने तथा औंलाहरू निलो वा कालो भएर झर्ने ।
छाला र घाउको समस्या: अनुहार र हातको छाला अस्वाभाविक रूपमा कस्सिने, नखुम्चिने, औंलाका टुप्पोमा घाउ हुने, र बिना चोटपटक लागेका घाउहरू लामो समयसम्म निको नहुने ।
नशा सम्बन्धी: हात-खुट्टा लगातार झमझम गर्ने, पोल्ने वा सियोले घोचे जस्तो सिल्का हान्ने, हातगोडा लुला हुने ।
भित्री अंगका लक्षण: लामो समयसम्म खोकी निको नहुने, खोक्दा रगत देखिने वा दम बढ्ने (वाथले फोक्सोमा असर गरेको लक्षण हुन सक्ने) ।
आँखा र मुखको सुख्खापन: आँखा र मुख असाध्यै सुख्खा हुने, आँखा रातो भई बिझाउने, तथा मुख र गुप्ताङ्गमा बारम्बार दुखाइ दिने घाउ-खटिरा आउने ।
अन्य लक्षण: छालामा अनौठा दागहरू देखिने, अत्यधिक कपाल झर्ने, शरीर फुल्ने, र कारण पत्ता नलागी लामो समयसम्म ज्वरो आइरहने ।
महिला स्वास्थ्य: गर्भधारण हुन नसक्नु वा गर्भावस्थामा बारम्बार गर्भ तुहिनु (वाथ र एन्टिफोस्फोलिपिड सिन्ड्रोमका कारण हुन सक्ने) ।
सीमित सिट: नाम दर्ता गर्न ढिला नगर्नुहोस्
नेपालगञ्जमा डा. राम कृष्ण गिरिको आगमन छोटो अवधिका लागि मात्र हुने भएकाले र बिरामीको चाप अत्यधिक हुने सम्भावनालाई मध्यनजर गर्दै अस्पतालले ‘अग्रिम नाम दर्ता’ (Prior Booking) अनिवार्य गरेको छ । ढिला गरी आउने बिरामीहरू छुट्न सक्ने भएकाले समयमै आफ्नो वा परिवारको नाम सुरक्षित गर्न अनुरोध गरिएको छ ।
सम्पर्क तथा नाम दर्ताका लागि विवरण:
स्थान: अन्नपूर्णा ग्यास्ट्रो केयर अस्पताल (डा. गोपाल श्रेष्ठको क्लिनिक), गणेशमान चोक, राजस्व कार्यालयको छेउमा, नेपालगञ्ज–१०, बाँके ।
सम्पर्क फोन नम्बरहरू: ०८१-५३०४९९, ०८१-५३०७२० तथा मोबाइल नम्बर ९८५८०३१०३६




