
नेपालगन्जस्थित “70’s Alley Cafe” ले विभिन्न पदका लागि कर्मचारी आवश्यकता रहेको जनाएको छ। क्याफेले एक सूचना जारी गर्दै ऊर्जाशील, मेहनती तथा जिम्मेवार व्यक्तिहरूलाई आफ्नो टिममा आबद्ध हुन आग्रह गरेको हो।
क्याफेले किचन स्टाफ (सेफ, असिस्टेन्ट कुक, हेल्पर), बारिस्टा/बार स्टाफ, सर्भिस स्टाफ (वेटर/वेट्रेस), क्लिनिङ स्टाफ, सेक्युरिटी गार्ड, इलेक्ट्रिसियन तथा प्लम्बर पदमा कर्मचारी माग गरेको जनाएको छ। इलेक्ट्रिसियन र प्लम्बर पद भने अन-कल वा करार सेवामा रहने उल्लेख गरिएको छ।
आवेदकमा सम्बन्धित क्षेत्रमा अनुभव भएकालाई प्राथमिकता दिइने, सकारात्मक सोच, राम्रो सञ्चार सीप, टिमवर्कमा काम गर्न सक्ने क्षमता तथा अनुशासित कार्यशैली आवश्यक पर्ने सूचनामा उल्लेख छ।
क्याफेले अनुभवका आधारमा आकर्षक तलब, मैत्रीपूर्ण कार्य वातावरण, करिअर विकासको अवसर तथा कार्यसम्पादनमा आधारित प्रोत्साहन सुविधा उपलब्ध गराइने जनाएको छ।
इच्छुक व्यक्तिहरूले आफ्नो CV प्रत्यक्ष उपस्थित भई वा WhatsApp/फोनमार्फत पठाउन सक्नेछन्। थप जानकारीका लागि 9867321305 नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ। क्याफे नेपालगन्जमा अवस्थित रहेको छ।





