नेपालगन्ज — नेपालगन्ज जुत्ता–चप्पल व्यवसायी संघको चौथो अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। अधिवेशनले कुलराज संज्यालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै व्यवसायीहरूबीच एकता र सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
नव–निर्वाचित कार्यसमितिअनुसार प्रथम उपाध्यक्षमा माधव पोखरेल, द्वितीय उपाध्यक्षमा ईश्वरी पौडेल, महासचिवमा रविन्द्र पौडेल, कोषाध्यक्षमा डम्बर बहादुर धामी र उपमहासचिवमा अकबर हुसेन चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा राम प्रसाद ढकाल, कृष्णा कुमारी शाही, राजेन्द्र पौडेल, रिजवान अहमद मनोहारी, वसन्त अरियाल, अजित रहमान सिद्दिकी, टेक बहादुर थापा क्षेत्री, राधा वली र विष्णुनाथ पटवा लगायत रहेका छन्।
नयाँ नेतृत्व चयनसँगै संघले व्यवसायीहरूको हक–हित संरक्षण, व्यवसाय प्रवर्द्धन तथा बजार व्यवस्थापनमा सक्रिय भूमिका खेल्ने विश्वास गरिएको छ।




