अन्यअर्थ/वाणिज्यसमाचारसाहित्य

आधुनिक सेवा दिन एस.के. युनिक टेलर सञ्चालनमा

नेपालगन्जमा आधुनिक किसिमले सिलाई सेवा प्रदान गर्ने उदेश्यले एस.के. युनिक टेलर सञ्चालनमा आएको छ ।

नेपालगन्ज उपमहानगरपालिका–५ डिएसपी रोडस्थित जोया पार्टी प्यालेस नजिकै टेलरिङ्ग सेवालाई आधुनिक स्तरमा लैजाने उदेश्य सहित “एस.के. युनिक टेलर” सञ्चालनमा आएको हो ।

टेलरका सञ्चालक २५ वर्षिय शिवकुमार राजपुतले आधुनिक अनि शहरमा उत्कृष्ट सेवा प्रदान गर्ने उदेश्यले टेलर सञ्चालनमा ल्याएका हुन्।

यतिबेला युवापुस्ता बिदेशको मोह बोकेर बैदेशिक रोजगारीमा हिडिरहेका बेला राजपुतले भने देशमै स्वरोजगार बन्ने उदेश्य सहित टेलर संचालन गरेको बताएका छन।
लामो समयदेखि विभिन्न सिलाइ पसलमा काम गर्दै अनुभव संगालेका राजपुतले अब आफ्नै टेलरमार्फत सेवा दिन थालेको र आधुनिक सिलाइ डिजाईन मार्फत नेपालगन्जमा टेलर सुबिधा प्रदान गर्ने जापुतले बताएका छन् ।

“हामी कहाँ लेडिज र जेन्स दुवै प्रकारका कपडामा नवीनतम डिजाइनसहित सिलाई गर्ने सुविधा उपलब्ध छ,” राजपुतले बताए।

उनका अनुसार ग्राहकको आवश्यकता अनुसार डिजाइन, आधुनिक फेसन ट्रेन्ड र उत्कृष्ट गुणस्तरीय कामका आधारमा सेवा उपलब्ध गराइनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button