समाचार

प्युठान ऐरावती छैठौँ राष्ट्रपति रनिङ शिल्डमा धुबाङ्ग पद्मोदय मा.वि तृतीय

प्युठान जिल्लाको ऐरावती गाउँपालिकामा मिति यहीँ पोैष १६ गतेदेखि सुरु भएको छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज सम्पन्न भएको छ।


गाउँपालिका स्तरीय माध्यमिक विद्यालयबीच सम्पन्न प्रतियोगितामा ऐरावती गाउँपालिका वडा नं. २, ६ र ४ मा रहेका विद्यालयहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्।

प्रतियोगितामा श्री मोती माध्यमिक विद्यालयले कुल २२ पदक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको छ भने श्री जनता माध्यमिक विद्यालयले १६ पदक सहित द्वितीय र श्री पद्मोदय माध्यमिक विद्यालयले १३ पदक सहित तृतीय स्थान हासिल गरेका छन्।


प्रतियोगिताको समापन कार्यक्रममा ऐरावती गाउँपालिका अध्यक्ष नबिल विक्रम शाह, उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सरद गौतम लगायत विभिन्न वडा अध्यक्षहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


कार्यक्रममा बोल्दै अतिथिहरूले विद्यार्थीहरूमा खेलकुदले अनुशासन, स्वास्थ्य र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button