
बाँके क्षेत्र नं. २ मा ‘रास्वपा हाम्रो, रास्वपा राम्रो’को गुञ्जन, बिबेक कुमार श्रेष्ठलाई व्यापक जनसमर्थन
बाँके क्षेत्र नम्बर २ का स्थानीयवासीहरूले “रास्वपा हाम्रो, रास्वपा राम्रो” भन्दै गाउँ–गाउँ र टोल–टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क्षेत्र नं. २ का उम्मेदवार बिबेक कुमार श्रेष्ठलाई भव्य स्वागत गर्दै अग्रिम शुभकामना व्यक्त गरेका छन्।
घरदैलो कार्यक्रमका क्रममा जेन–जी पुस्तादेखि युवाहरूको उल्लेखनीय सहभागिता देखिएको छ। युवाहरूले पुरानो राजनीतिक संस्कार तोडेर नयाँ सोच, नयाँ नेतृत्व र इमानदार राजनीतिका लागि रास्वपालाई विकल्पको रूपमा रोजेको बताएका छन्।
त्यसैगरी, हरेक घरका आमाबुबाले पनि यसपटक देशमा स्थिर र जनमुखी सरकार बनाउन र युवा पुस्ताबाटै सक्षम उम्मेदवार आवश्यक रहेको भन्दै बिबेक कुमार श्रेष्ठलाई समर्थन र मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “यसपटक त राम्रै मान्छेलाई जिताउनुपर्छ, अब युवाले नै देश हाँक्ने बेला आयो” भन्ने आमाबुबाको आशिर्वादले घरदैलो कार्यक्रम झनै उत्साहपूर्ण बनेको छ।
स्थानीयको माया, भरोसा र समर्थनले उत्साहित उम्मेदवार श्रेष्ठले बाँके क्षेत्र नम्बर २ मा घण्टीमय माहोल सिर्जना भइसकेको र जित सुनिश्चित हुँदै गएको बताएका छन्। “जनताको विश्वास र साथले हामीलाई अझ जिम्मेवार बनाएको छ, बाँके २ मा परिवर्तनको घण्टी बजिसकेको छ,” उनले भने।




